कांग्रेस भ्रातृसंगठनको माग : पूर्वप्रधानमन्त्रीद्वयलाई पनि कार्बाहीको दायरामा ल्याऊ

काठमाडौ– नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।  

सोमबार नेपाल महिला संघको आयाजनामा माइतीघर मण्डलामा भएको विरोध सभामा सो माग उठाइएको हो । भ्रातृ संगठनका नेताहरुले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् । 

उनीहरुले पूर्वमुख्यसचिव लीलामणि पौडेललाई पनि छानबिन गर्नुपर्ने माग गरेका छन् । मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री र मुख्यसचिवलाई उन्मुक्ति दिएर मन्त्री र सचिवलाई मात्रै दोषी देख्नु आपत्तिजनक भएको उनीहरुको भनाइ थियो । 

अख्तियार दुरुपयोग अनुसन्धानको पछिल्लो कदमको विरोधमा आयोजित विरोध सभामा नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपिलिया, नेपाल मुस्लिम संघका महासचिव मोख्तार अहमद्, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, राष्ट्रिय मगर संघकी उपाध्यक्ष कुसुम थापालगायतले अख्तियारको छानबिन पूर्वाग्रही भएको आरोप लगाए । 





  • प्रकाशित मिति : माघ २७, २०७६ साेमबार १७:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया