दिल्लीमा केजरीवालले दिएका १० ग्यारेन्टी

एजेन्सी– भारतको नयाँ दिल्लीमा विधानसभा निर्वाचनको नतिजामा अरविन्द केजरीवालको दल आम आदमी पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेको छ । ७० सिटमध्ये ६२ सिटमा केजरीवालको दलले निर्वाचन जितेको हो । अन्य सिटमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीले जित दर्ज गरेको छ ।

यसअघिको विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ६७ स्थानमा जित निकालेको थियो  । 

अब अरविन्द केजरीवालको नेतृत्वमा लगातार तेस्रो पटक त्यहाँ सरकार बन्दै छ । 

यसअघि सबैभन्दा सुरुमा ४९ दिन, त्यसपछि पाँच वर्ष केजरीवालले दिल्लीमा सत्ता चलाइसकेका छन् । अबको पाँच वर्ष पनि उनले दिल्लीमा सत्ता चलाउँदै छन् । 

यसपटक दिल्लीमा चुनावी घोषणा पत्र जारी गर्दै केजरीवालले दस वाचाहरुको ग्यारेन्टी गरेका थिए । 

ती वाचाहरु हुन्ः 



 

१. अब दिल्लीमा सबैलाई २४ घन्टा लगातार बिजुली दिइँदैछ । यसमा पनि २ सय युनिट बिजुली निःशुल्क उपलब्ध हुने केजरीवालले वाचा गरेका छन् । यतिमात्र होइन, दिल्लीका सबै ठाउँमा तारहरु अन्डरग्राउन्ड गर्ने पनि केजरीवालले वाचा गरेका छन् । 



२. अबको पाँच वर्षमा दिल्लीका प्रत्येक घरमा २४ घन्टा शुद्ध पिउने पानी उपलब्ध गराउने केजरीवालले वाचा गरेका छन् । उनले प्रत्येक परिवारलाई २० हजार लिटर पानी निःशुल्क दिने वाचा गरेका छन् । 

३. दिल्लीका हरेक बच्चाहरुका लागि सबैभन्दा राम्रो शिक्षा दिने पनि उनले व्यवस्था गर्ने वाचा गरेका छन् । 

४. दिल्लीका सबै परिवारलाई आधुनिक अस्पताल तथा मोहल्ला क्लिनिक उपलब्ध हुने पनि उनको ग्यारेन्टी पेपरमा उल्लेख गरिएको छ ।

५. दिल्लीमा सबैभन्दा राम्रो यातायात मिलाउने पनि उनले बताएका छन् । ५ सय किमीभन्दा लामो मेट्रो लाइन र ११ हजारभन्दा धेरै बस र ती बसमा महिला र विद्यार्थीलाई निःशुल्क यात्रा दिलाउने पनि केजरीवालले बताएका छन् । 

६. यो पाँच वर्षमा दिल्लीको वायु प्रदुषणको स्तर कम्तिमा पनि तीन गुणा घटाउने उनले लक्ष्य लिएका छन् । २ करोडभन्दा धेरै रुख रोपेर हरियाली दिल्ली बनाउने पनि ग्यारेन्टी गरिएको छ । 

७. दिल्लीमा फोहोर भएका ठाउँहरुबाट फोहोर हटाएर उज्यालो दिल्ली बनाउने वाचा गरिएको छ ।

८. महिलाका लागि सुरक्षित दिल्ली बनाउन सिसिटिभी क्यामेरा, स्ट्रिट लाइट्स तथा बस मार्सलका साथसाथै ठाउँठाउँमा सुरक्षा टोली तैनाथ हुने पनि वाचा गरिएको छ । 

९. सबै कोलोनीमा रोड, पिउने पानी र क्लिनिक र सिसिटिभी राख्ने बताइएको छ । 

१०. दिल्लीका झुपडीवस्तीहरुलाई सम्मानपूर्ण जीवन दिनका लागि पक्की भवन बनाइने वाचा गरिएको छ । 

  • प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार २१:२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया