अमेरिकालाई ५.२ ओभरमै जित्यो नेपालले

काठमाडौं– टियु क्रिकेट मैदानमा भइरहेको त्रिकोणात्मक एक दिवसीय सिरिज अन्तर्गत नेपालले अमेरिकालाई ५.२ ओभरमा नै जित निकालेको छ । अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको नेपालले दुई विकेट गुमाउँदै लक्ष्य भेट्याएको हो । 

यसका लागि नेपालका कप्तान ज्ञानेन्द्र मल्लले १ रनको योगदान दिए । ज्ञानेन्द्रसँगै ओपनिङमा आएका सुवास खकुरेलले एक रन पनि जोड्न सकेनन् । 

त्यसपछि मैदानमा आएका पारस खड्का र दीपेन्द्र सिंह ऐरीले क्रमशः २० रन र १५ रनको योगदान दिए ।

योसँगै नेपालले खेल जित्यो । यसअघि अमेरिकासँग भएको खेलमा पनि नेपालले जित निकालेको थियो । तर, यो क्रिकोणात्मक सिरिजमा ओमानसँगका दुवै खेलमा नेपाल पराजित भयो । 

यो जितले विश्व क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ । 

नेपालले अमेरिकालाई ३८ मिनेटमा नै जित निकालेको छ । अहिलेसम्म चेज गर्दा छैटौं ओभर खेलेर यति छोटो समयमा कुनै पनि टिमले जित निकालेको यो पहिलो पटक हो ।



यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालका लागि सन्दीप लामिछानेले ६ र सुशन भारीले ४ विकेट लिएका थिए । 




  • प्रकाशित मिति : माघ २९, २०७६ बुधबार ११:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया