वृद्धि भएको तलब नपाएको भन्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघले बुधबार विश्वविद्यालयका कुलपतिलाई ज्ञापनपत्र बुझाएको छ । संघले वृद्धि भएको तलब तुरुन्त पाउनुपर्ने माग राख्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो । 

नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक र कर्मचारीले चालू आर्थिक वर्षबाट वृद्धि भएको तलबका पाएका छैनन् । संघले वृद्धि भएको तलब १५ दिन भित्रमा सबैले पाउने व्यवस्था मिलाउन माग गरेको छ । 

संघका सभापति शम्भुराज गौतमले हस्ताक्षर गरेको ज्ञापनपत्रमा विश्वविद्यालय प्रशासनको कार्यक्षमतामै प्रश्न उठेको उल्लेख गर्दै समयमै वृद्धि भएको पारिश्रमिक नपाए संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।

 





  • प्रकाशित मिति : माघ २९, २०७६ बुधबार १६:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया