लक्ष्यअनुसार खर्च गर्न नसक्ने भएपछि सरकारले घटायो बजेटको आकार

काठमाडाैं– चालू आर्थिक वर्षको बजेट लक्ष्यअनुसार खर्च गर्न नसक्ने भएपछि सरकारले बजेटको आकार घटाएको छ । 

सरकारले यसअघि गत १५ जेठमा बजेट सार्वजनिक गर्दै १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आव २०७६–०७७मा विनियोजित बजेटको १० दशमलव ४ प्रतिशत घटाएर बजेटको आकार १३  खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ कायम गरेको हो । 

यसअघि सुरुमा चालूतर्फको बजेट ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । अब चालूतर्फको बजेट ९ खर्ब ४ अर्ब ४६ करोड ८ लाख रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, यसअघि सुरुमा पुँजीगततर्फको बजेट ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ बजेट १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

पुँजीगततर्फ ३ खर्ब २६अर्ब ८१ करोड २७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १ खर्ब ५४ अर्ब ५९ करोड १ लाख रुपैयाँ संशोधित बजेट कायम गरिएको छ । 





  • प्रकाशित मिति : माघ २९, २०७६ बुधबार १७:५३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया