पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं– पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउने आदेश माग्दै बुधबार सर्वोच्च अदालतमा रिट परेको छ । 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउने निर्णय गरेकोले उनीहरुमाथि कारबाही हुनुपर्ने माग रिटमा छ । 

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका हुन् । सर्वोच्चले उक्त रिटको पेसी शुक्रबारका लागि तोकेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई मुद्दा नचलाउने निर्णय गरेको थियो । नीतिगत निर्णय गरेकाले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र  भट्टराईलाई मुद्दा चलाउन नसकेको अख्तियारको तर्क छ ।

सरकार प्रमुखले गरेका नीति निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।





  • प्रकाशित मिति : माघ २९, २०७६ बुधबार १८:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया