किन बढ्दै छ सन्दीपको घमण्ड ?

काठमाडौं– नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट  खेलाडी हुन्, यसमा कुनै शंका गर्ने ठाउँ नै छैन । तर, उनी जति–जति राम्रो गर्दै गएका छन्, त्यति नै घमण्डी हुँदै गएको आभास खेल क्षेत्रले गर्न थालेको छ । यसको ज्वालन्त उदाहरण हो, उनले बुधबार अमेरिकासँगको खेलपछि दिएको अभिव्यक्ति ।

सन्दीपले अमेरीकाविरुद्धको खेलमा ६ ओभर बलिङ गर्दै १ मेडनसहित १६ रन खर्चिएर ६ विकेट हात पारेका थिए । उनले खेलपछिको पत्रकार सम्मेलनमा भने, ‘रासिद खानलाई बिर्सनुस्, म नै एसोसिएटको नम्बर एक हुँ ।’

उनको आजको प्रदर्शन एसोसिएट राष्ट्रको दोस्रो उत्कृष्ट बिलिङ फिगर हो । यसअघि रासिदले नै सन् २०१७मा वेस्ट इन्डिजविरुद्ध ८.४ ओभरमा १ मेडनसहित १८ रन खर्चिएर ७ विकेट हात पारेका थिए । त्यतिवेला अफगानिस्तानले टेस्ट मान्यता पाइसकेको थिएन  ।

पत्रकारले यही प्रदर्शनबारे प्रश्न गर्दा सन्दीपले जवाफ दिएका थिए, ‘रासिद अब टेस्ट खेलाडी भइसके, एसोसिएटमा त म नै नम्बर एक हुँ ।’

विश्वका विभिन्न लिगमा खेलिसकेका सन्दीप लामिछाने ग्लोबल आइकनका रूपमा चिनिन्छन् । उनले ती लिगमा राम्रो छाप पनि छाड्न सफल भएका छन् । सन्दीपले एक खेलमा राम्रो गर्दैमा आपूmलाई एसोसिएटको नम्बर एक भन्न त्यति सुहाउँदो भने देखिँदैन, किनकि आइसिसीको बलिङ वरीयातालाई हेर्ने हो भने पनि सन्दीपभन्दा अगाडि अरू थुप्रै एसोसिएट राष्ट्रका बलर छन् ।
 
सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयतामा उत्कृष्ट १०० भित्र पनि छैनन् । जबकि एसोसिएट राष्ट्रका ११ जना बलर शीर्ष १०० भित्र छन् । त्यस्तै टी–२० अन्तर्राष्ट्रिय पनि सन्दीप वरीयाताक्रमको ८५ स्थानमा छन् । उनीभन्दा अगाडि एसोसिएट राष्ट्रका १९ खेलाडी छन् । 

सन्दीप यसअघि पनि आप्mनो घमण्डका कारण आलोचित हुन पुगेका थिए । केही महिनाअघि उनले पूर्वकप्तान पारस खड्कालाई ट्विटरमा अनफलो गरेको भन्दै धेरैले उनको आलोचना गरेका थिए । त्यतिबेला पनि धेरैले सन्दीप अब घमण्डी हुन थाल्यो भनेर आलोचना गरेका थिए । 



विश्वका सफल खेलाडी प्रायः घमण्डी देखिँदैनन् । उनीहरूले आप्mनो शान्त स्वभावले नै सबैको मन जितेका  छन् । अहिलेका टेस्ट नम्बर एक बलर प्याट कमिन्स पनि त्यति घमण्डी छैनन् ।

उनले आइसिसी पुरुष टेस्ट खेलाडीको अवार्ड जितेपछि भनेका थिए, ‘सबैजनालई धन्यवाद, तपाईंहरूले गर्दा नै म यहाँसम्म आइपुगेको छु । 



त्यस्तै, एकदिवसीय अन्तराष्ट्रियका एक नम्बर बलर ट्रेन्ट बोल्ट पनि शान्त स्वभावका मानिन्छन् । उनले क्रिज वजसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हामी न्युजिल्याण्डका खेलाडी निकै शान्त स्वभावका हुन्छौँ, हामी जितमा होस् वा हारमा सधैँ शान्त हुन्छौँ । 

त्यस्तै, उनले एक दिवसीय विश्वकपको सेमिफाइनलमा भारतलाई हराएपछि पत्रकारसँग कुराकानी गर्ने क्रममा भनेका थिए, ‘आज हाम्रो लागि निकै उत्कृष्ट रह्यो । भारतसँग खेल्न निकै गाह्रो हुन्छ, तर सबैको उत्कृष्ट प्रदर्शनले हामीले जित हासिल गर्यौं ।’ 

न्युजिल्याण्डका कप्तान केन विलियम्सन पनि निकै शान्त स्वभावका छन् । विश्वकपको फाइनलमा इंग्ल्याण्डसँगको पराजय बेहोरेपछि उनले जुन व्यवहार देखाए, त्यसले सबैको मन जितेको थियो ।
 
उनले इंग्लयाण्डसँगको पराजयपछि भनेका थिए– सर्वप्रथम त विजेता टोलीलाई धन्यवाद, फाइनलसम्मको यात्रा पनि हाम्रा लागि निकै ठूलो हो। हामीले राम्रो खेल्दाखेल्दै पनि भाग्यले साथ नदिँदा पराजित हुन पुग्यौँ, तर यस्तो ऐतिहासिक खेलको हिस्सा बन्न पाउनु नै हाम्रा लागि खुसीको कुरा हो । 

क्रिकेटका यी हस्तीहरुसँग सन्दीपले सिक्नुपर्छ । आप्mनो प्रदर्शनमा गर्व गर्नु त राम्रो हो, तर घमण्ड गर्नु पक्कै राम्रो होइन ।

  • प्रकाशित मिति : माघ २९, २०७६ बुधबार १८:२६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया