नेपाली विद्यार्थी उद्धारका लागि शनिबार दिउँसाे पाैने ३ बजे वाइडबडी जहाज चीन प्रस्थान गर्ने

काठमाडौं– चीनमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाल फिर्ता गर्नका लागि आगामी शनिबार नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ । सरकारले चीन पठाउन लागेको जहाज शनिबार दिउँसो २ः ४५ बजे नेपालबाट त्यसतर्फ उड्नेछ ।

सरकारले कोरोना भइरसप्रभावित वुहान पठाउन लागेको टोलीमा ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने बताइएको छ । 

शनिबार त्यहाँ पुग्ने जहाज वुहानबाट नेपाली विद्यार्थीलाई लिएर आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यतालिका छ । अवतरणपछि सो जहाजलाई ४८ घण्टासम्म अन्य ठाउँमा उडान गर्न मिल्ने छैन । 

चीन पठाउँदा जहाजको टोलीको नेतृत्व पाकिस्तानी वा नेपाली पाइलटले गर्ने भएका छन् । चीनमा रहेको नेपाली दूतावासले नेपाल फर्कन चाहेका वुहानलगायत सहरमा रहेका नेपाली नागरिकलाई जम्मा पार्नेछ । हुवेई प्रान्तका सबै सहरबाट नेपाली विद्यार्थीलाई वुहानमा ल्याइनेछ । 

चीनबाट नेपाल ल्याएपछि विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राख्नका लागि सीधै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणका दुईटा भवनमा पुर्याइनेछ । 





  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार १६:११:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया