कोरोना भाइरसः एकै दिन २४२ जनाको मृत्यु

एजेन्सी– पछिल्लो समय चीनका लागि मात्र नभएर विश्वकै लागि कहर बनेको कोरोना भाइरस संक्रमणका कारण बुधबार मात्र चीनमा २४२ जनाको मृत्यु रेकर्ड गरिएको छ । 

यसलाई यो प्रकोप फैलिएपछि सबैभन्दा नराम्रो दिनका रुपमा चित्रण गरिएको छ । 

मृत्यु हुनेको संख्या मात्र होइन, बुधबार यो भाइरस संक्रमणका कारण १४८४० जना पनि अस्पतालमा भर्ना भएका छन् । कोभिड १९ नाम दिइएका यो भाइरसका कारण अहिलेसम्म एक हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

बुधबार यो भाइरसका कारण ६० हजारभन्दा धेरै मानिस संक्रमित भएको हुबेइको चिनियाँ सरकारले जनाएको छ । 

जापनाले पनि यो भाइरसका कारण आफ्नो देशमा एक जना ८० वर्षीया महिलाको निधन भएको पुष्टि गरेको छ । तर, यी महिलाको चीनको हुबेइसँग कुनै सम्बन्ध नभएको पनि बताइएको छ । 





  • प्रकाशित मिति : फागुन १, २०७६ बिहीबार २२:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया