चीनकाे वुहानबाट १७५ नेपाली लिएर उड्याे जहाज

काठमाडाैं— चीनको वुहानबाट १७५ नेपाली लिएर नेपाल एयरलाइन्सको विमानले उडान सुरु गरेको छ । 

चीनमा कोरोना भाइरस देखिएपछि त्यहाँ रहेका नेपालीहरु ल्याउन निकै अघिदेखि पहल भएको थियो । 

एक सय ८५ नेपालीले चीनबाट नेपाल फर्किन चाहना राखेका थिए । तर, शनिबार नेपाली समयअनुसार राति विमानले उडान भर्नुभन्दा पहिले ६ जनामा ज्वरो देखियो । ज्वरो देखिएका ६ जनालाई चीनले नेपाल आउन दिएन । अन्य ४ जनाले अन्तिम समयमा आफूहरु नेपाल नफर्किने बताए ।

बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार विमान आइतबार दिउँसो काठमाडौं आइपुग्नेछ । 

नेपाल फर्किन लागेका १७५ जनामध्ये १७० विद्यार्थी, एक कामदार, २ जना पर्यटक र दुई जना बालबालिका रहेको दूतावासले जानकारी दिएको छ । यीमध्ये १ सय ३४ जना पुरुष र ४१ जना महिला छन् । 

त्यहाँबाट ल्याइएका उनीहरुलाई भोलि नै खरिपाटीस्थित क्वारेन्टाइन सेन्टरमा लगिनेछ । त्यहाँ १४ दिन राखेपछि मात्र उनीहरुलाई घर जान दिइनेछ ।
 





  • प्रकाशित मिति : फागुन ३, २०७६ शनिबार २२:४३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया