जब गाईको निकालियो शवयात्रा...

एजेन्सी– भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एउटा अचम्मको घटना भएको छ । त्यहाँ एक किसानले आफ्नो गाईको निधन हुँदा अन्तिम संस्कार गरेका छन् र त्यसको अस्थिपन्जर सेलाउने तयारी गरेका छन् । 

यस्तो गर्ने किसानको नाम हो, बलराम मिश्र । उनले २० वर्ष पहिले यो गाई घरमा ल्याएका थिए र यसको नाम कृष्णा राखेका थिए । 

१० पटक गर्भवती भएको यो गाईको निधन गत सोमबार भएको थियो । 

बलरामले अब यो गाईको विधिवत अन्तिम संस्कार गरेका छन् । ‘यो हाम्रो परिवारमा आमा जस्तै थियो,’ उनले भनेका छन्, ‘यसले सबैलाई शिक्षा दिओस् भनेर मैले अन्तिम संस्कार गरेको हुँ ।’





  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १५:५०:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया