को हुन् सलमान खानकी पहिलो प्रेमिका ?

एक महिनाअघि मात्र बलिउड अभिनेता सलमान खानले आफ्नो ५४ औं जन्मदिन मनाए । फिल्म करिअरमा निकै सफल सलमान खानले अहिलेसम्म विवाह गरेका छैनन् । 

तर, यसको अर्थ के होइन भने उनी कहिल्यै पनि कोहीसँग पनि सम्बन्धमा रहेनन् । उनको र ऐश्वर्या रायको सम्बन्धबारे त सबैलाई थाहा छ । 

तर, सलमान खानको नाम ऐश्वर्यासँग मात्र होइन क्याटरिना कैफ, संगीता बिजलानी, युलिया वन्तुरलगायतसँग पनि जोडिँदै आएको छ । अब भारतीय सन्चारमाध्यममा आएको एक रिपोर्टलाई मान्ने हो भने सलमान खानको पहिलो प्रेमिका जो हुन्, उनको र कियारा आडवाणीको सम्बन्ध पर्छ । 

खासमा यो दाबी कियाराले नै गरेकी हुन् । उनले सलमान खान १९ वर्षको हुँदा उनकी हजुरआमा शाहीन जाफरीसँग अफेयर चलेको दाबी गरेकी हुन् । 





  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १८:०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया