धारिलो हतियार प्रयोग गरी सल्यानमा १७ वर्षीया किशोरीको हत्या

सल्यान– धारिलो हतियार प्रयोग गरी सल्यान जिल्लाको त्रिवेणी गाउँपालिकामा एक किशोरीको हत्या भएको छ । त्रिवेणी गाउँपालिका–१ तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको शुक्रबार राति हत्या भएको हो ।  

प्रहरीले घटनास्थलमा बोहोराको मोबाइल फेलापरेको छ । प्रहरीले अब त्यही मोबाइलको कल डिटेल्सका आधारमा अनुसन्धान गर्ने तयारी गरेको छ । 

प्रहरीले किशोरी हत्याको अनुसन्धानमा प्रयोग गरेको कुकुरले उनका कपडा सुँघेर केही परसम्म पुगेको तर खोला आएपछि कुकुर अलमलिएको प्रहरीले बताएको छ । 

बोहोराको अगाडि घाँटी र पछाडि टाउकोको भागमा धारिलो हतियारले आक्रमण गरी विभत्स हत्या गरेको अवस्थामा शव फेला परेको  थियो । उनी स्थानीय विद्यालयमा कक्षा ९ मा अध्यनरत थिइन् ।

पोष्टमार्टमका लागि अहिले कविताको शवलाई जिल्ला अस्पताल सल्यानमा राखिएको छ । यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 





  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १६:१६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया