ललितानिवास जग्गा प्रकरण : गृहले दियो सिआइबीमा जाहेरी

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको जग्गाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा जाहेरी परेको छ । सरकारी जग्गा व्यक्तिको नाममा गरेको भन्दै गृह मन्त्रालयले सिआइबीमा जाहेरी दिएको हो ।  

शुक्रबार ब्युरोमा दर्ता भएको जाहेरीमाथि प्रहरीले आइतबारदेखि काम पनि सुरु गरेको छ । उक्त जग्गामा ठगी र किर्ते गरेको भन्दै विभिन्न व्यक्तिविरुद्ध गृह मन्त्रालयले जाहेरी दिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार र अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलगायत १ सय ७५ जनाविरुद्ध माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा ललितानिवासको सरकारी जग्गा नक्कली मोही हुँदै व्यक्तिका नाममा पुगेको थियो । त्यतिवेला गच्छदार भौतिक पूर्वाधार मन्त्री थिए भने बस्न्यात उक्त मन्त्रालयमा सचिव थिए ।





  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १६:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया