सोमबार दुई अर्बबराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडाैं– नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ ।

बैंकले यसअघि माघ २७ गते १० करोडबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।





  • प्रकाशित मिति : फागुन ४, २०७६ आइतबार १७:४७:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया