काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको जबर्जस्ती करणी अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौंले हेर्दाहेर्दैमा राखेको छ । यसबारे आइतबार फैसला हुने अपृेक्ष गरिए पनि समय अभावका कारण फैसला हुन सकेन ।
अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले समय अभावले आज फैसला नआएको र हेर्दाहेर्दैमा राखिएको बताए । सम्भवतः भोलि फैसला आउने उनको भनाइ छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाबारे पक्ष–विपक्षमा बहस भएको थियो । संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख महराको मुद्दामा आइतबार सुनुवाइ भएको थियो ।
महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए । उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।