काठमाडौं– पछिल्लो समय बेलायतमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गर्दै हब इन्टरनेसनल एजुकेसनले युके फेयर आयोजना गर्ने भएको छ । हबका अनुसार यो फेयर २० फ्रेबुअरी (८ फागुन)मा गरिँदैछ । बिहिबार दिनभर चल्ने फेयरमा प्रवेश निःशुल्क गरिएको छ ।
हबले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यो फेयरमा १० विश्वविद्यालयका प्रतिनिधि उपस्थित हुनेछन् । इंग्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्दन आयरल्यान्डका विश्वविद्यालयका प्रतिनिधिले विद्यार्थीहरुलाई आवश्यक परामर्श दिने हबले जनाएको छ । फेयरमा बेलायतका चर्चित र विश्व र्याङ्किङमा अग्रस्थानमा आउने क्विन्स विश्वविद्यालय, हेरिवट वाट विश्वविद्यालय, हर्टफोर्डसायर विश्वविद्यालय, सेन्ट्रल ल्यान्कासायर विश्वविद्यालय, वेस्ट लन्डन विश्वविद्यालय, स्वान्सी विश्वविद्यालयलगायतले सहभागिता जनाएका छन् ।
१९ वर्षदेखि परामर्श क्षेत्रमा काम गरिरहेको हब इन्टरनेसन एजुकेसन बेलायतका २० विश्वविद्यालयको नेपालका लागि आधिकारिक प्रतिनिधि हो ।
हबले जारी गरेको विज्ञप्तिमा यो फेयरबाट विद्यार्थीले त्यहाँको शिक्षा, करिअर, भिसा प्रोसेस तथा अन्य जानकारी आधिकारिक प्रतिनिधिबाट पाउनेछन् । ब्रिटिस काउन्सिलले पनि समर्थन गरेको यो फेयरमा उसको पनि उपस्थिति हुनेछ । त्यति मात्र नभएर बेलायतमा पढ्न चाहने विद्यार्थीले बैंकिङ प्रक्रिया बुझ्न र त्यसलाई सहज रुपमा अगाडि बढाउन फेयरमा माछापुच्छ«े बैंकको पनि सहभागिता रहने जनाइएको छ ।
यो फेयरबाट विद्यार्थीले मात्र नभएर अभिभावकले पनि फाइदा लिन पाउने र फेयरमा उपस्थित हुनेलाई मात्र पनि विभिन्न गिफ्ट ह्याम्पर दिइने हबले जनाएको छ । बेलायत पढ्न चाहनेका लागि सबैभन्दा ठूलो फेयरका रुपमा हबले यसलाई परिभाषित गरेको छ ।
पछिल्लो समय विभिन्न देशबाट नै एजुकेसन एजेन्टहरु आएर विश्वविद्यालयका आधिकारिक प्रतिनिधि भन्दै भ्रम छरिरहेको र यसका कारण विद्यार्थी दिगभ्रमित भएकाले यो फेयरले विभिन्न भ्रम चिर्न सहयोग गर्ने पनि हबले विश्वास लिएको छ ।
‘हामीले विद्यार्थीलाई सहयोग पुगोस् र उनीहरुले बेलायतमा पढ्ने विषयमा अथेन्टिक जानकारी पाउन भन्ने हेतुले यो फेयर आयोजना गरेका हौँ,’ हबका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्काले बताए । उनले भने, ‘पढ्न जान विद्यार्थीका लागि उत्तम गन्तव्यमध्ये एक बेलायतबारे विद्यार्थीले पूर्ण जानकारी पाउन् र आफ्नो करिअर उज्ज्वल बनाउन सकून् भन्ने उद्देश्यले हामीले यो फेयर गरेका हौँ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।