महरा सोमबारै डिल्लीबजार कारागारबाट छुट्ने

काठमाडाैं– पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा सोमबारै डिल्लीबजार कारागारबाट छुट्ने भएका छन् । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका महराको रिहाइ प्रक्रिया पूरा गर्नका लागि उनलाई डिल्लीबजार कारागार पुर्याइएको छ ।  

संसद सचिवालयकी एक कर्मचारीलाई जवरजस्ती करणी गरेको अभियोगमा थुनामा रहेका महरालाई सोमबार अदालतले सफाइ दिएको थियो । सफाइ पाएलगत्तै उनी डिल्लीबजार कारागार पुगेका हुन् । फैसला सुन्न महरा पनि काठमाडौं जिल्ला अदालत आएका थिए ।

डिल्लीबजार कारागारले अदालतबाट औपचारिक पत्र आएपछि महरालाई थुनामुक्त गर्ने जानकारी गराएको छ । महरा सोमबार नै छुट्ने कारागारले जनाएको छ ।

महराले सफाइ पाएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता खादा लिएर डिल्लीबजार कारागार पुगेका छन् ।






  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १५:४१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया