नेप्सेमा उच्च अंकको वृद्धि

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबारमापक नेप्से परिसूचक ३४ अंकले बढेको छ । लगातार उकालो लागेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ३४.२४ विन्दुले बढेर एक हजार ३९८.२४ मा पुगेको छ । 

यस्तै सेन्सेटिभ परिसूचकसमेत ८.०४ ले वृद्धि भई २९३.८६ मा पुगेको छ । बजार उकालो लाग्ने क्रम बढ्दै जाँदा नेप्सेले एक हजार ४०० को दिशा पक्डेको छ । नेप्सेमा उच्च अंकको वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा परेको छ । आज झण्डै दुई अर्ब ७० करोड जतिको कारोबार भएको छ । कुल १ सय ७५ कम्पनीका ६४ लाख ७४ हजार ७ सय ५० कित्ता सेयर दुई अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४ सय ४२ मूल्यमा खरिद–बिक्री भए । 

कारोवार भएका कुल १२ उपसमूहकै सेयर आज उकालो लागेको छ । बैंकिङ ४१.१३, व्यापार ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, वित्त ९.७९, निर्जीवन बिमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बिमा ११७.७२ र सामूहिक लगानी कोष ०.१ले वृद्धि भएको छ । 

नेप्सेका अनुसार आज कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ९४ लाख ९० हजार २ सय ३८ मूल्यबराबरको सेयर कारोबार भए । शिखर इन्सुरेन्स कम्पनी ११ करोड २१ लाख ९६ हजार ३ सय ७३, हिमालयन डिस्टिलरी १० करोड २९ लाख ३४ हजार ७ सय ८४, नेपाल लाइफ इन्सुरेन्स कम्पनी नौ करोड दुई लाख ९४ हजार ७ सय ६६, नेको इन्सुरेन्स आठ करोड ९९ लाख ६३ हजार २ सय ४३, एनआइसी एसिया बैंक आठ करोड ७५ लाख ३३ हजार २ सय ९१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार ङादी समूह, राष्ट्रिय बिमा कम्पनी पञ्चकन्या माईका सेयरधनीले समान १० प्रतिशतले कमाए । यस्तै राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक सेयर ९.४४, अरुण काबेली पावर ८.५९, सेन्ट्रल फाइनान्स ८.३३, नबिल इक्विटी फन्ड ८.१४ र हिमालयन पावर पार्टनरका सेयरधनीले ७.५३ प्रतिशतले कमाए । 

त्यस्तै, नेपाल हाइड्रो डेभलपर्स ५.६३, नाडेप लघुवित्त वित्तीय संस्था ३.१२, नेरुडे लघुवित्त विकास बैंक ३.१०, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था २.७३, सपोर्ट माइक्रोफाइनान्स २.७१ र मेरो माइक्रो फाइनान्सका लगानीकर्ताले २.५९ प्रतिशतले गुमाए । 





  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार १७:५७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया