४० वर्षअघि नै उपन्यासमा लेखिएको थियो, कोरोना भाइरसबारे

काठमाडौं– चीनमा कोरोना भाइरस देखिएपछि अहिलेसम्म कम्तिमा पनि १७ सय जना मानिसको मृत्यु भइसकेको छ । अहिलेसम्म यो कोरोना भाइरस केबाट फैलिएको हो भन्ने एकिन भइसकेको छैन । चिनियाँ सहर वुहानमा पहिलो पटक यो भाइरस देखिएको थियो । 

अब त यो भाइरस २५ भन्दा बढी देशमा देखिइसकेको छ । 

तर, लेखनमा विश्वास नगर्नेहरुले वा कल्पनालाई नपत्याउनेहरुले यसबारे एउटा रोचक तथ्य थाहा पाउनु पर्ने भएको छ । 

त्यो हो– यो भाइरसबारे आजभन्दा ४० वर्षअघि नै लेखिएको थियो । 

एउटा उपन्यास द आइज अफ डार्कनेसमा यसबारे लेखिएको छ । लेखक डाँ कुन्जले सन् १९८१ मा यो उपन्यासमा वुहान–४०० नामको भाइरसबारे लेखेका छन् । त्यसो त उपन्यासमा उनले यो भाइरस ल्याबमा विकास गरिएको पनि लेखेका छन् । 

अहिले सामाजिक सन्जाल ट्विटरमा यसबारे लेख्न थालिएको छ । यसरी ट्विटरमा लेख्नेहरुमा भारतीय मन्त्रीसमेत छन् । 





  • प्रकाशित मिति : फागुन ५, २०७६ साेमबार २०:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया