विराट पहिलो, प्रियंका दोस्रो

एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले मैदानमा अनेकौं रेकर्ड बनाएका छन् । तर, अब उनी क्रिकेट मैदानमा मात्र सिमित भएका छैनन् । उनले त सामाजिक सन्जाल इन्स्टाग्राममा पनि रेकर्ड बनाएका छन् । त्यो हो– भारतमा सबैभन्दा धेरै इन्स्टाग्राममा फलोअर्स भएका विराट पहिलो सेलेब्रिटी बनेका छन् । 

यसका लागि उनले अभिनेत्री प्रियंका चोपडालाई उछिनेका हुन् । अहिले विराटका फलोअर्स ५ करोड छन् । केही अघिसम्म प्रियंकाका फलोअर्स चार करोड ४० लाखको आसपास थिए । जनवरीसम्म भारतीय सेलेब्रिटीमा प्रियंका नै अगाडि थिइन् । तर, अब विराटले यो स्थान बनाएका छन् । त्यसो त प्रियंकाका फलोअर्स पनि ५ करोड पुग्नै लागेका छन् । 
 





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ५:५७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया