पाेर्चुगलमा दूतावास स्थापना गर्न माग

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएन) ले पोर्चुगलमा दूतावास स्थापना गर्न माग गर्दै सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापन पत्र बुझाएको छ ।

एनआरएन पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले पछिल्लो समय युरोपको हबका रुपमा विकसित भइरहेको र त्यहाँ नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथासक्य पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीहरुलाई समस्या भएकोले नेपालमा लगानी प्रवर्द्धन र व्यापार तथा पर्यटन बिस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ।

ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले एनआरएनको प्रयासमा सरकार सकारात्मक रहेको बताए। मन्त्री ज्ञवालीले भने, ‘त्यहाँको समस्या समाधानको उपयुक्त निकासबारे सरकारले छलफल गरिरहेको छ।’

अहिले पोर्चुगलमा रहेका नेपाली दूतावासमा काम परे फ्रान्स पुग्नुपर्ने बाध्यता छ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ६:४१:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया