सामूहिक बलात्कारमा संलग्न तीन पक्राउ

रुपन्देहीको मर्चवारमा एक किशोरीको सामूहिक बलात्कार भएको छ ।

आइतबार राति ११ बजे सम्मरीमाई गाउँपालिकामा १६ वर्षीया किशोरीको सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए ।

सम्मरीमाई गाउँपालिका–३ स्थित गाउँमा महायज्ञ चलिरहेको बेला आफ्नै घरमा रहेकी किशोरीलाई घर बाहिर बोलाएर नजिकै निर्माणाधीन भवनमा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबार इलाका प्रहरी कार्यालय मर्चवारमा पुगेर पीडितका आफन्तले जाहेरी दिएका छन् ।

जाहेरी परेलगत्तै प्रहरीले बलात्कारमा संग्लन तीन युवालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका युवाहरू तीनै जना २२ देखि २३ वर्ष उमेर समूहका छन् । घटनाको बारेमा अनुसन्धान गरेपछि थप जानकारी दिइने प्रहरीले जनाएको छ ।

किशोरीको भैरहवास्थित भीम अस्पतालमा उपचार भएको छ । किशोरीका बुबा र आमा दुवै जना उपचारका क्रममा भारतको मुम्बईमा छन् । उनको बुबा बिरामी छन् । उनी शारीरिक रूपमा अस्वस्थ हजुरबुबा, एक बहिनी र भाइसँगै बस्दै आएकी छन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ७:४६:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया