महरा सरले न्याय पाउँदा खुसी छुः रोशनी शाही
फाइल तस्वीर ।

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले निर्दोष भन्दै सफाइ दिएपछि संसद सचिवालयकी पूर्वकर्मचारी रोशनी शाहीले खुसी व्यक्त गरेकी छिन् । रोशनी शाहीमाथि नै दुव्र्यवहार गरेको भन्दै गत १४ असोजमा परेको उजुरीको आधारमा प्रहरीले पूर्वसभामुख महरालाई १९ असोजमा पक्राउ गरेको थियो ।

आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । 

हाम्राकुराडटकममा भिडियो अन्तर्वार्ता दिँदै रोशनी शाहीले महरा आफ्नो निवासमा आएको र आफूमाथि दुव्र्यवहार गरेको आरोप त्यति बेला लगाएकी थिइन् । 

तर, लगत्तै उनले आफ्नो बयान फेरेकी थिइन् । उनले महरामाथि आरोप लगाएपछि पतिसँग डिभोर्ससमेत गरेकी थिइन् ।

अब अदालतले सफाइ दिएपछि रोशनीले आफू पनि खुसी भएको बताएकी छिन् । ‘महरा सरले न्याय पाउनुभयो, मैले पनि न्याय पाएँ,’ रोशनी शाहीले भनेकी छिन्, ‘दुःख दिन खोज्नेहरु अब पराजित भएका छन् । यसले मलाई खुसी बनाएको छ ।’

शाहीले महरामाथि आफूले नभएर राज्यले दुःख दिन खोजेको र महरालाई दुःख दिन खोज्नेहरु अब पराजित भएको बताएकी छिन् । आफूले लगाएको आरोपको कारण चाहिँ आफ्नो बिग्रिएको स्वास्थ्य रहेको पनि उनले बताएकी छिन् । अनि यसलाई षडयन्त्रको संज्ञा दिएकी छिन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ८:८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया