स्वस्थानी व्रतकथाकाे शैलीमा संसदमा गगनकाे व्यंग्य

काठमाडौं– नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बालुवाटारको जग्गा प्रकरणबारे संसदमा फरक शैलीमा विराेध गरेका  छन् । बालुवाटारकाे ललितानिवासकाे जग्गा प्रकरणामा नेकपाका महासचिव विष्णु पौडेलले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगलाई दिएको स्पष्टीकरण र आयाेगले दायर गरेकाे मुद्दाप्रति थापाले स्वस्थानी व्रतकथाकाे शैलीमा व्यंग्य गरे । 

सांसद थापाको भनाइ उनकै शब्‍दमा

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नू । थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नू र चारपटक विष्णु विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियारपुराणे कुमार–विष्णु सम्वादे श्री स्वास्थानी व्रतकथायां बालुवाटारप्रकरणवर्णनम् नाम प्रथमाे अध्याय ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १६:२१:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया