कोरोना भाइरस संक्रमणका कारण वुहानस्थित अस्पतालका निर्देशकको मृत्यु

बेइजिङ– कोरोना भाइरस संक्रमणका कारण वुहानस्थित अस्पतालका निर्देशकको मृत्यु भएको छ । कोरोना भाइरस महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मंगलबार मृत्यु भएको हो । 

कोरोना भाइरसका कारण चीनमा मात्र एक हजार नौ सय को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । मृत्यु हुनेमा वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहेका छन् ।  

उनी कोरोना भइरसका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी हुन् । उनलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाइ छ ।

प्राणघातक कोरोना भइरसका कारण वुहानमा कम्तीमा ६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार सात सय १६ चिकित्सक संक्रमित छन् ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १७:११:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया