पत्नी हत्या गर्ने युवा थुनामा

हेटाैंडा— पत्नी हत्या आरोपमा पक्राउ परेका पतिलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले आइतबार पत्नीको हत्याको आरोपमा थुनामा राख्न आदेश दिएको हो ।

घटनामा हेटौंडा उपमहानगरपालिका—१८ निवासी २८ वर्षीय यज्ञराज अधिकारीले २१ वर्षीय पत्नी मिना अधिकारीको हत्या गरेका थिए । सोही आरोपमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार केशव कौशिकले जानकारी दिए ।

४ माघमा मादक पदार्थ सेवन गरेर अधिकारीले धारिलो हतियार प्रयोग गरी पत्नीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनले प्रहरी र अदालतसमक्ष पत्नीको हत्या गरेको बयान दिइसकेको एपसी सुरेशसिंह राठौरले बताए ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १९:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया