बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग भेटेर आज फर्किँदै छन् परराष्ट्रमन्त्री
फाइल तस्वीर ।

काठमाडाैं— परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बंगलादेशका परराष्ट्रमन्त्री डा.एके अब्दल मोमेनसँग मंगलबार ढाकामा औपचारिक वार्ता गरेका छन् । स्टेट गेस्ट हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा कनेक्टिभिटी, व्यापार, जलविद्युत्मा लगानी, पर्यटन, सांस्कृतिक सहकार्यलगायतका विषयमा छलफल भएको छ । बंगलादेशले नेपालबाट उच्चस्तरीय भ्रमणका लागि आग्रह गरेको छ । नेपालले भने बंगलादेशका बन्दरगाह प्रयोगका लागि सहजीकरण गरिदिन प्रस्ताव गरेको छ । 

‘दुई देशका सम्बन्धका सबै पक्षमा विस्तारपूर्वक विचार आदान–प्रदान भएका छन्,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वार्तामा नेपाली सामानलाई बंगलादेशको बजारमा जानका लागि सहजीकरण गर्न नेपालले आग्रह गरेको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली अन्तरदेशीय विद्युत् प्रसारण लाइनमार्फत बंगलादेश लैजाने विषयमा पनि छलफल भएको छ । ‘दुवै देशबीच विभिन्न तहका संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिइएको छ । आजकाे नयाँ पत्रिकामा समाचार छ ।

बंगलादेश पक्षले नेपालबाट निकट भविष्यमै ढाकामा उच्चस्तरीय भ्रमण हुने अपेक्षा गरेको छ,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका लागि गृहकार्य भइरहेको परराष्ट्र स्रोतले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले मंगलबार साँझ राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग शिष्टाचार भेट गरेका छन् । उनले बंगलादेश इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड स्ट्राटेजिक स्टडिजद्वारा आयोजित कार्यक्रममा नेपाल बंगलादेश सम्बन्ध र उपक्षेत्रीय सहकार्यबारे सम्बोधन गरेको परराष्ट्रले जनाएको छ । बुधबार बिहान प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेट गरेर परराष्ट्रमन्त्री ज्ञवाली अपरान्ह स्वदेश फर्किने कार्यक्रम छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ६:५३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया