काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा भ्रम छरेको आरोप लगाएका छन् ।
मंगलबार मातातिर्थको १७३ रोपनीको जग्गा प्रकरणबारे ट्विट गर्दै बाबुराम भट्टराईले यो आरोप लगाएका हुन् ।
नेपालको एक अनलाइनमा छापिएको समाचारलाई रिट्विट गर्दै भट्टराईले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा÷मोहीको जग्गासम्बन्धी आफ्नो निर्णयलाई अहिले प्रधानमन्त्रीले उछालेको बताएका छन् ।
अनि त्यही ट्विटमा उनले भनेका पनि छन्– जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रस्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो कि ? यस्तो भएमा आफ्नो भन्नु केही नहुने पनि उनले लेखेका छन् ।
यतिमात्र होइन, भट्टराईले कालिदासको प्रसंग झिक्दै प्रधानमन्त्री ओलीलाई चुनौति दिएका छन्– विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालिदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला ।
२.आंगको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रै होला!मन्त्रीपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ स्मरण गर्नु उचित होला! जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिंग्सलाई सुम्पने दाउ हो भने भन्नु केही छैन!
— Baburam Bhattarai (@brb1954) February 18, 2020
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।