जो ट्रम्पलाई भगवान मानेर दैनिक पूज्छन्

एजेन्सी– भारतको तेलंगनामा एक व्यक्ति छन्, जो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो भगवान मान्छन् । तेलंगानाका बुसा कृष्णले त ट्रम्पलाई पूजा गर्नका लागि उनको मूर्ति मात्र बनाएका छैनन्, दैनिक ट्रम्पको अगाडि गएर उनी पूजा पनि गर्छन् ।

अब उनले भारत सरकारसँग केही दिनपछि हुने ट्रम्पको भ्रमणमा उनलाई भेट्ने इच्छा देखाएका छन् । 

ट्रम्प २४ फ्रेबुअरीमा भारतको भ्रमणमा आउँदै छन् ।

‘म ट्रम्पको लामो आयुको कामना गर्दै हरेक साता शुक्रबार व्रत पनि बसेको छु, उनको एउटा तस्वीर सधैं मसँग छ । कुनै काम गर्नुभन्दा पहिले म तस्वीर हेर्छु । मेरो सपना अब उनीसँग भेट्ने छ, यो पूरा होस् भनेर पनि मैले ट्रम्पलाई नै प्रार्थना गरेको छु ।’





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ७:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया