तनहुँबाट लाेकगायक प्रकाश पक्राउ

काठमाडाैं– लोक गायक प्रकाश कटुवाल तनहुँको डुम्रेबाट पक्राउ परेका छन् । कटुवाललाई सोमबार राति ज्यानमार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपी विनोद शिलवालले दिएको जानकारी अनुसार कटुलालले डुम्म्रेस्थित होटल डाँफेका मालिक लालकाजी गुरुङलाई रड प्रहार गरेर घाइते बनाएका थिए ।

गत शुक्रबार एक कार्यक्रमका लागि काठमाडौंबाट पोखरा जाने क्रममा होटल डाँफेमा नास्ता खाएर फर्कने क्रममा बिवाद भएको थियो । गुरुङ र कटुवालबीचको बिवादपछि प्रकाशले प्रतिशोध साध्ने हिसाबले रड प्रहार गरेका थिए ।

रड प्रहारबाट गुरुङको टाउकोमा चोट लागेको छ । घाइते गुरुङकी छोरीले प्रहरीमा दिएको किटानी जाहेरीका आधारमा कटुवाल पोखराको कार्यक्रम सकेर काठमाडौं फर्कने क्रममा पक्राउ परेका हुन् ।

उनीमाथी ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ७:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया