पाकिस्तानमा रहस्यमय ग्यास लिक, १४ काे मृत्यु
त्यहाँकाे एक अस्पतालबाहिर उभिएका स्थानीय ।

एजेन्सी– पाकिस्तानकाे कराँची सहरमा रहस्यमय ग्यास लिक हुँदा एक दर्जनभन्दा धेरैकाे मृत्यु भएकाे छ । 

तर अहिलेसम्म याे ग्यासकाे स्राेत फेला परेकाे छैन ।

सिन्ध प्रान्तको स्वास्थ्य विभागले यसका कारण मृत्यु हुनेको संख्या १४ भन्दा बढी हुनसक्ने बताएको छ । अधिकारीहरुले दुई दिनदेखि यो ग्यास के हो र कहाँबाट लिक भइरहेको छ भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन् । 

ग्यासका कारण त्यहाँका मानिसहरुमा सास लिन समस्या भइरहेको छ, आँखा तथा नाकमा उनीहरुलाई जलन भइरहेको बताइएको छ ।

आइतबार राति अचानक मानिसहरुमा यो समस्या देखिन थालेको थियो । सिन्ध प्रान्तका नगरपालिकामन्त्री नासिर हुसैनल शाहले यसका कारण अहिलेसम्म २ सय ५० भन्दा धेरै मानिसहरु प्रभावित भइसकेको बताएका छन् ।



मन्त्रीका अनुसार अहिलेसम्म यो घटनाबारे केही पनि पत्ता लाग्न सकेको छैन । 

उनले भनेका छन्, ‘यो नियन्त्रणमा आउँछ भन्ने जनतामा विश्वास दिलाउन मिडियालाई अनुरोध गर्छु ।’ कराँची विश्वविद्यालयबाट यसबारे छानबिन सुरु भएको बताइएको छ । मृतकको पोस्टमार्टम गरिएको पनि उनले जनाएका छन् ।



अहिले त्यहाँका अस्पतालमा निकै धेरै मानिसहरु भर्ना भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखिएको बताइएको छ । कम्तिमा पनि ३५ जनाको अवस्था अत्यन्त नाजुक भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

ग्यासका कारण प्रभावितले आफूहरुलाई सास लिन गाह्रो भएको बताएका छन् ।

  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार ९:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया