-शरीरमा भएको मुसाबाट रगत आएमा, मुसा भएको ठाउँ चिलायो, दुख्यो भने चिकित्सककहाँ जानुपर्छ । यस्तो लक्षणले क्यान्सरसमेत हुन सक्छ ।
-कतिपयले घरमै वा पार्लर पुगेर मुसा हटाउने गर्छन् । जुन गलत हो ।
-मुसाले अनावश्यक दुःख दिएको छैन भने त्यसलाई छोइरहनु हुँदैन । यदि मुसा दिनप्रतिदिन बढ्दै गएमा चिकित्सकबाट लेजरको प्रयोग गरी हटाउनुपर्छ ।
-मुसा छालाको सतहभन्दा अलि माथि उठेका हुन्छन् । मुसा गोलो, च्याप्टो, केही चिल्लो, मुलायम र चेप्टो खालका हुन्छन् । कुनै मुसा छुँदा दुख्छ भने कुनै नदुख्ने प्रकृतिका हुन्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।