प्रजातन्त्र र राष्ट्रियता एक–अर्काका परिपूरक : देउवा

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा प्रवेश गरेको बताएका छन् । विसं २००७ फागुन ७ गते प्रजातन्त्र देशमा प्रजातन्त्र स्थापनापछि यस्तो अवस्था अन्त्य भएको उनको भनाइ छ ।

७०औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले फागुन ७ गते नेपाली जन–संघर्षको इतिहासको एक अवस्मरणीय दिन भएको उल्लेख गरेका छन् । विसं २००७ कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १०४ वर्षीय एकतन्त्रीय निरंकुश राणाशासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना गरेको उनले उल्लेख गरेका छन् ।

नेपालको सन्दर्भमा प्रजातन्त्र र राष्ट्रियता एक–अर्काका परिपूरक भएर रहेको उल्लेख गर्दै उनले प्रजातन्त्रले बलियो राष्ट्रियताको आधार पनि निर्माण गरेको दाबी गरेका छन् । संविधानको संरक्षण र स्रघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्न सके मात्र सहिदप्रति सच्चा सम्मान प्रकट हुने उनको भनाइ छ । ।

देउवाले सम्पूर्ण सहिदको त्याग र बलिदानको संस्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । 





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १२:११:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया