पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण आगामी तीन दिन हल्का वर्षाको सम्भावना

काठमाडाैं– पश्चिमी न्यून चापीय वायुको प्रभावले  देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ ।

मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले  पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्काे भनाइ छ । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ ।

पश्चिमी वायुको सक्रियतापछि पछिल्ला केही दिनयता लागेको तुवाँलो हटेर जाने सम्भावना छ । बिहीबार र शुक्रबार पनि देशभर सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव नौ डिग्री र अधिकमत  तापक्रम २२ दशमलव दुई डिग्री सेल्सियस छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १२:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया