सुनको मूल्य ७७ हजार नाघ्याे, अझै बढ्ने विश्लेषण

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छापावाला सुनको मूल्य बुधबार ७७ हजार १ सय पुगेको छ । 

मंगलबार प्रतितोला ७६ हजार ७ सय पुगेको सुनको मूल्य बुधबार ४ सयले बढेर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन ७६ हजार ८ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको र विश्व बजारमा सुनको मूल्य बढेको विश्लेषण छ । अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको बताइन्छ ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १३:७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया