लेले सामुदायिक वनमा भेटिएकाे शव आफ्नै पतिले हत्या गरेर फालेकाे पुष्टि, अपराधी पक्राउ

काठमाडौं– ललितपुरको लेलेमा नग्न अवस्थामा महिलाको शव भेटिएको विषयमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको लेकफर्साका गिरबहादुर परियार छन् । 

ललितपुर प्रहरीका अनुसार अपराधलगत्तै भागेर सुर्खेत पुगेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । सामुदायिक वनमा शव भेटिएकी महिलाको हत्यापछि फालिएको पुष्टि गर्दै प्रहरीले परियारलाई पक्राउ गरेको हो । 

पक्राउ परेका पुरुष र हत्या गरिएकी महिला पति–पत्नी भएको जनाइएको छ । हालसम्म हत्याको कारणबारे प्रहरीले खुलाएको छैन ।

यसअघि ४ फागुनमा नग्न अवस्थामा अन्दाजी ४० वर्षीय खगेश्वरा दमाईको शव भेटिएको थियो । प्रारम्भमा शवको सनाखत हुन नसकेपछि गाउँमा सोधपुछ गर्ने क्रममा दुवै जनासँगै २१ माघमा काम खोज्दै स्थानीय एक कृषि फर्ममा पुगेको खुलेको थियो ।

फार्मकै अधिकारीले शवको सनाखत गरेका थिए । अनुसन्धान अधिकृतका अनुसार शवको पछाडिपट्टी निल डाम देखिन्छ भने कपडा पनि अपराधस्थलको विभिन्न क्षेत्रमा छरिएको थियो ।





  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १३:३३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया