चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिमा सम्पादकहरुकाे असहमति

काठमाडौं– चिनियाँ राजदूतावासले मंगलबार जारी गरेको विज्ञप्तिको नेपालका विभिन्न पत्रिकाका सम्पादकहरूले भत्र्सना गरेका छन् । केही दिनअघि  ‘द काठमान्डु पोष्ट’मा प्रकाशित एउटा लेखबारे चिनियाँ दूतावासले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको थियो । 

सो विषयमा विभिन्न सञ्चारमाध्यमका १७ जना सम्पादकले बुधबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ दूतावासको विज्ञप्तिप्रति ध्यानाकर्षण भएको बताएका छन् । उनीहरुले दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा नाघेको ठहर गरेका छन् । 

सम्पादकहरूको विज्ञप्तिमा भनिएको छ– प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने, त्यसको खण्डन गर्ने व्यक्ति वा संस्थाको अधिकारको हामी सम्मान गर्छौं, तर कुनै विचार वा समाचार प्रकाशित गरेबापत सम्पादकको नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति हाम्रो असहमति छ । त्यस्तो कार्यको हामी भत्र्सत्सना गर्छौं। दूतावासको विज्ञप्तिले कूटनीतिक मर्यादा पनि नाघेको हामी स्मरण गराउन चाहन्छौँ ।

सम्पादकहरूले नेपालको संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताको अभ्यास र रक्षा गर्न आफूहरू प्रतिबद्ध  रहेको पनि उल्लेख गरेका छन् ।

विज्ञप्तिमा सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुँइटेल, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, वसन्त बस्नेत, राजेन्द्र दाहाल, सुधीर शर्मा, शिव गाउँले, सुवास घिमिरे र हरिबहादुर थापाले हस्ताक्षर गरेका छन् । 

मंगलबार द काठमान्डु पोष्टले ‘चाइनाज सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच वर्स’ शीर्षकमा एउटा आर्टिकल छापेको थियो । एसिया न्युज नेटवर्कमा प्रकाशित सो आर्टिकलको फोटोमा चनियिाँ युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाइएको छ ।



नाटोका लागि अमेरिकाका पूर्वराजदूत रहेका इभो ड्याल्डरको उक्त लेखमा चिनियाँ युआनमा भएको माओत्से तुङको तस्बिरमा मास्क लगाइएको छ।

मंगलबार साँझ विज्ञप्ति निकाल्दै चिनियाँ दूतावासले काठमान्डु पोष्टका सम्पादक अनुप काफ्लेले पहिलादेखि नै कुत्सित मनसायका साथ समाचारहरू छापिरहेको आरोप लगाएको थियो । 



काफ्ले चीनविरोधी शक्तिको गोटी बनेको पनि दूतावासको आरोप छ । सोही विषयमा सम्पादकहरुले आफ्नो असहमति जाहेर गरेका हुन् । 

  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १५:८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया