कोरोना भाइरसः खेलकुद क्षेत्र पनि पूरै प्रभावित

चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण विश्वमा स्वास्थ्य क्षेत्रमा ठूलो समस्या देखिएको छ । विश्व स्वास्थ्य संगठनले त विश्व स्वास्थ्यमा आपतकाल घोषणा गरिसकेको छ ।

३१ डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म विश्वमा २ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ, हजारौं संक्रमित छन् । केहीको अवस्था गम्भीर छ । दैनिक दर्जनौंको मृत्युको समाचार आइरहेका छन् । 

विश्वभर यसका कारण अनेक त्रास फैलिएको छ । कोरोना भाइरसकै कारण खेलकुद क्षेत्रमा पनि ठूलो असर परेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले आगामि अप्रिलभन्दा अगाडि हुने सबै खेलकुद प्रतियोगिता स्थगित गर्ने सूचना जारी गरिसकेको छ ।

त्यसो त यो भाइरसका कारण अहिलेसम्म कुनै चिनिएका खेलाडी वा खेल पदाधिकारी संक्रमित भएको जानकारी बाहिर आइसकेको छैन । तर, यसका कारण खेलकुदका अधिकांश कार्यक्रम चाहिँ परिवर्तन भएका छन् । 

चीनको घरेलू लिग चाइना सुपर लिगको २०२० पनि अनिश्चित कालका लागि स्थगित गरिएको छ । 



स्थगनमात्र होइन, चीनमा हुने भनिएका कतिपय खेलहरु अन्यत्र अन्य देशमा सारिएको छ । टोकियो ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत समूह बीका खेलहरु चीनबाट अष्ट्रेलिया सारिएको छ । यो समूहमा चीन, अष्ट्रेलिया, थाइल्यान्ड र चाइनिज ताइपेइ रहेका छन् । यो खेलमा चिनियाँ खेलाडीबाट खेल्ने कोही पनि वुहान सहरबाट छैनन् । 

भाइरसकै कारण थाइल्याण्डमा हुने एसिसी पूर्वी क्षेत्रीय टि–२० प्रतियोगीता पनि प्रभावित हुने भएको छ । आठ राष्ट्र सहभागी हुने भनिएको प्रतियोगीतामा चीन, म्यामार तथा भुटानले सहभागिता नजनाउने भनेपछि पाँच देशबीच मात्र प्रतिस्पर्धा हुने भएको छ । 



२६ फेबुअरीबाट हुने भनिएको एएफसी फुटसल प्रतियोगितामा पनि अब स्थगित हुने भएको छ । त्यस्तै, अन्तराष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक बक्सिङ छनोट प्रतियोगीता पनि स्थगीत गरिएको जनाएको छ । यो प्रतियोगिता वुहानमा हुने योजना थियो । 

चीनको बास्केटबल लिग पनि यसबीच स्थगित भएको छ । फर्मुला वानको महत्वपूर्ण इभेन्ट चाइना ग्रापी पनि स्थगित भएको छ । यो इभेन्ट चीनको साङ्घाइमा हुने तय भएको थियो । 

जापानको टोकियो म्याराथुन पनि कोरोना भाइरसका कारण प्रभावित हुने भएको छ । करबि ३८ हजार धावक – धाविकाले सहभागिता जनाउने अनुमान गरिएको यो म्याराथुनमा अब व्यवसायिक धावक र धाविका मात्र हुने भएका छन् । 

यतिमात्र होइन, ५ महिनापछि जापानमा हुने टोकियो ओलम्पिक पनि के हुन्छ भन्नेबारे टुङ्गो लागेको छैन । यो सर्ने सम्भावना रहेको बताइएको छ ।

  • प्रकाशित मिति : फागुन ७, २०७६ बुधबार १६:२५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया