सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न सन्चारमन्त्रीको घुस बार्गेनिङ
फाइल तस्वीर ।

काठमाडौं– सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्विस कम्पनीका नेपाली एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । 

बाहिरिएको अडियोमा मन्त्री बाँस्कोटाले यसबारे कर्मचारीसँग कुरा नगर्न र आफैंसँग कुरा गर्न आग्रह गरेका छन् । त्यसबीचमा उनले कर्मचारीलाई अपशब्दसमेत बोलेका छन् । 

स्विस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेटभन्दा लामो संवादको अडियो बाहिरिएको हो । अडियोमा मन्त्री बाँस्कोटाले २७ अर्बसम्ममा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुने भन्ने अनुरोध गरेका छन् ।

अनि उनले यही अडियोमा आफूलाई कति प्रतिशत आउँछ भन्ने प्रश्न सोधेका छन् । मिश्रले अडियोमा आउट अफ ट्र्याक कुरा गर्दा सहज हुने बताएका छन् ।

बाँस्कोटाले स्विस एजेन्टसँग २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका छन् । 

बिहिबार सार्वजनिक भएको भिडियोमा मन्त्री बाँस्कोटाले कर्मचारीलाई लक्षित गर्दै अपशब्द बोलेका छन् । 



अडियोमा सन्चारमन्त्री बाँस्कोटाले कमिसन कति आउने र आफूले कति पाउने भन्ने कुरामा आफू प्रष्ट हुन चाहेको बताएका छन् ।



  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार १०:३२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया