नेप्से परिसूचक आज उच्च अंकले वृद्धि

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । लगातार उकालो लागिरहेको बजारले आज झण्डै ३० अंकले वृद्धि भई नयाँ उचाइ कायम गरेको हो । नेपाल स्कटक एक्स्चेन्जका अनुसार २९.३२ अंकले बढेर एक हजार ४३४.५७ मा पुगेको छ । नेप्सेको वृद्धि प्रतिशतका आधारमा २.०९ हो । यस्तै सेन्सेटिभ परिसूचक ४.५० अंकले वृद्धि भई ३००.४४ मा पुगेको छ । 

नेप्से उच्च अंकले वृद्धि हुँदा त्यसको प्रभाव कारोवार रकममा समेत परेको छ । कुल १८० कम्पनीका ५८ लाख २९ हजार ५ सय १० कित्ता सेयर दुई अर्ब ७८ करोड ५० लाख चार हजार ९ सय ८ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोवार भएका कुल १२ मध्ये दुई उपमूहको सेयर ओरालो लागेको छ भने १० उपसमूहको सेयर बढेको छ । 

व्यापार ९.८५ र सामूहिक लगानी कोष ०.०४ ले घट्दा बैंकिङ ७.९, होटल ४९.२७, विकास बैंक १०.०४, जलविद्युत् १३.९२, वित्त ६.४२, निर्जीवन बिमा ३७४.०१, उत्पादन ९७.२६, अन्य ९.०३, लघुवित्त १५९.३२ र जीवन बिमा ३८५.३९ अंकले वृद्धि भएको छ । नेप्सेका अनुसार कारोवारका आधारमा आज शिवम् सिमेन्ट लिमिटेड शीर्षस्थानमा रहेको छ । सो कम्पनीको १७ करोड दुई लाख १३ हजार ९५ मा कारोवार भयो ।

त्यस्तै, हिमालयन डिस्ट्रिलरीको १२ करोड २२ लाख ६७ हजार ८ सय ६९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १२ करोड १५ लाख एक हजार ७ सय ९८, गरिमा विकास लघुवित्तको रु ११ करोड एक लाख २६ हजार ५ सय २४, शिखर इन्स्योरेन्सको रु १० करोड ६३ लाख ९१ हजार ७ सय ५२ र नेको इस्योरेन्स कम्पनीको रु आठ करोड ३० लाख पाँच हजार ९ सय ८५ को कारोवार भयो । 

नेप्सेका अनुसार बोटलर्स नेपाल तराई ९.९९, फस्ट माइक्रोफाइनान्स ९.९८, एनएमबी माइक्रोफाइनान्स ९.९८, कालिका माइक्रोक्रेडिट ९.९५, मेरो माइक्रोफाइनान्स ९.९४, स्वाभिमान लघुवित्त ९.९३ र आरएसडिसी लघुवित्तका सेयरधनीले ९.९० प्रतिशतले कमाए । यस्तै राधी विद्युत् कम्पनी ४.३९, समृद्धि फाइनान्स ३.७०, नबिल इक्विटी फण्ड २.८१, सपोर्ट माइक्रोफाइनान्स २.६७, साल्टट्रेडिङ कर्पोरेसन १.८९ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १.८८ प्रतिशतले गुमाए । 
 





  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार १७:३७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया