रोस टेलरको नयाँ किर्तिमान

न्युजिल्याण्डका ब्याट्सम्यान रोस टेलरले नयाँ किर्तिमान आफ्नो नाममा दर्ज गरेका छन् । उनी आइसिसीका तीनै प्रारुप (टेस्ट, एक दिवसीय तथा टि–२०)मा १०० अन्तराष्ट्रिय खेल खेल्ने पहिलो ब्याट्म्यान बनेका छन् । 

टेलरले शुक्रबार (आज) बाट सुरु भएको टेस्ट म्याच खेल्दै यो किर्तिमान बनाएका हुन् ।  

उनेले टेस्ट तथा टि–२० मा समान १०० तथा एकदिवसीयमा २३१ अन्तराष्ट्रिय खेल खेलेका छन् ।  

सन २००७ नोभेम्बर ८ मा दक्षिण अफ्रिकाविरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेका टेलरले १९ सतक तथा ३३ अर्धशतकको मदतमा ७,१७४ रन प्रहार गरेका छन । २९० रन उनको टेस्टमा उत्कृष्ट प्रदर्शन हो ।

टेलरले सन २००६ मार्च एकमा वेस्ट इण्डिज विरुद्धको खेलबाट एक दिवसीय अन्तराष्ट्रियमा डेब्यु गरेका थिए । उनले एक दिवसीयमा २१ सतक तथा ५१ अर्धशतकको मदतमा ८,५७० रन प्रहार गरेका छन । १८१ रन उनको एकदिवसीयमा उत्कृष्ट प्रदर्शन हो । टेलरले गत फेब्रवरी ११ मा भारत विरुद्ध  अन्तिम एक दिवसीय अन्तराष्ट्रिय खेल खेलेका थिए ।

टेलरले सन २००६ डिसेम्वर २२ मा श्रिलंका विरुद्धको खेलबाट टि– २० अन्तराष्ट्रिया डेब्यु गरेका थिए । उनले टि– २० अन्तराष्ट्रियमा ७ अर्धशतकको सहयोगमा १९०९ रन प्रहार गरेका छन । ६३ रन उनको टि –२० अन्तराष्ट्रियमा उत्कृष्ट प्रर्दशन हो । उनले गत जनावरी ३१ मा भारतविरुद्ध अन्तिम टि– २० अन्तराष्ट्रिय खेल खेलेका थिए । 





  • प्रकाशित मिति : फागुन ९, २०७६ शुक्रबार १२:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया