जुवाकाे खालबाट प्रधानाध्यापकसहित आठ जना पक्राउ

झापा– सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिकाबाट प्रहरीले आठजनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुंगाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोखरेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयवासीले दिएको जानकारीका आधारमा उनीहरुलाई बिहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो । जुवा खालबाट प्रहरीले रु ९१ हजार ३ सय ८० र सात मोबाइल बरामद गरेको छ । 





  • प्रकाशित मिति : फागुन ९, २०७६ शुक्रबार १७:३२:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया