बाँस्काेटाबारे प्रचण्डले भने: गल्ती गर्नेलाई छुट हुँदैन
फाइल तस्वीर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् ।

प्रेस संगठन नेपाल नवलपुरद्वारा शनिबार गरेको पत्रकार भेटघाटमा प्रचण्डले कसैले गल्ती गरेको भए पार्टीले संरक्षण नगर्ने स्पष्ट पारे ।

‘सञ्चारमन्त्रीको विषयमा आएको कुराबारे प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने विषय भए सम्बन्धित निकायले अनुसन्धान गर्ने भन्ने पहल लिएकाले त्यो समस्या समाधानको विषयतिर गएको छ’ उनले भने, ‘अहिले सबै विषय अनुसन्धानको प्रक्रियामा छन् । म अहिले यति मात्रै भन्न चाहन्छु, गल्ती गर्नेलाई छुट दिने पक्षमा हामी छैनौं ।’

उनले सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा समेत नेकपाभित्र व्यापक छलफल भइरहेको बताए ।

साथै पछिल्लो समय सरकारले काममा गति लिएको र आउने दशकलाई विकासको दशक, युवाहरुलाई आम रुपमा रोजगारीको दशक र समृद्धिको नयाँ आधारशिला बनाउन चाहेको उल्लेख बताए ।





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १७:२६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया