सनीको नम्बर मागेको भन्दै ७४ वर्षका बेदी हाइलाइटमा

अभिनेता कबिर बेदीले उनीबारे छापिएका समाचारहरुको खण्डन गरेका छन् । उनले डब्बु रतनानीको क्यालेन्डर लन्च कार्यक्रममा सनी लियोनीको मोबाइल नम्बर मागेको कुरा यसअघि त्यहाँका सन्चारमाध्यमले लेखेका थिए । 

७४ वर्षका कबिर बेदीले ट्विट गरेर यसलाई अपमानजनक बताएका छन् । यही विषयमा सनीका पति डेनियल बेबरको रियाक्सन पनि आएको छ । 

कबिरले ट्विटमा आफूले सनीको नभएर उनका पतिको नम्बर मागेको तर मिडियाले हंगामा मच्चाएको दाबी गरेका छन् । सनीका पति डेनियलले चाहिँ कबिरले आफ्नो नम्बर मागेको बताएका छन् ।





  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार २१:४८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया