कोरोनाबाट सुरक्षित रहन नेपालस्थित दक्षिण कोरियाली दूतावासको अनुराेध
साङ्केतिक तस्वीर

चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिण कोरियामा पनि तीव्र गति भएपछि नेपालस्थित दक्षिण कोरिया दूतावासले कोरियामा रहेका नेपालीलाई यसबाट सुरक्षित रहन आग्रह गरेको छ । 

कोरियामा तीव्र गतिमा संक्रमितहरू फेला पर्न थालेपछि कोरियाली सरकार र सम्बद्ध स्वास्थ्य निकायहरूले समयसमयमा जारी गर्दै आएका सुरक्षाका उपायहरू प्रभावकारी ढंगले अवलम्बन गर्न आग्रह गरेको छ । 

दक्षिण कोरियाली सञ्चार माध्यमबाट प्रकाशित समाचारहरूमा जनाइएअनुसार २२ फेब्रअरी २०२० (१० फागुन २०७६) सम्म कोरोना भाइरस संक्रमितहरूको संख्या चार सय नाघिसकेको छ । 

कोरोना भाइरस संक्रमणको आशंका लागेमा अवैधानिक रूपमा कोरियामा रहेका विदेशीहरू समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरूमा गई चेकजाँच तथा उपचार गराउन अनुरोध गरेका छन् ।

साथै सोको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा बिरामीको कानुनी हैसियतबारे नसोध्न अस्पतालहरूलाई निर्देशन दिइएको दूतावासले जनाइएको छ । हाल सबैभन्दा धेरै संख्यामा देखापरेका थेगु तथा आसपास क्षेत्रका रहेका नेपाली विद्यार्थीहरू, अन्य पेसा, व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सावधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : फागुन ११, २०७६ आइतबार १२:५९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया