४ महिनापछि घरबाहिर निस्कँदा जसले भेटे आफ्नै चिहान

स्कटल्यान्डको टेयसाइडमा बस्ने ७५ वर्षका एलन हेटेलले अचम्मको घटना सामना गरेका छन् । उनले आफ्नै चिहान भेटेका छन् । उनी चार महिनादेखि कसैसँग पनि सम्पर्क नगरि बसेका थिए । न उनले कसैलाई फोन गरे न उनलाई कसैले भेट्न नै गए । 

तर, एक सातापछि उनले यो विषयमा बुझ्न छिमेकीहरुकहाँ पुगे । अनि उनले थाहा पाए, उनको निधन भइसकेको मानिएको रहेछ । मानिसहरुले त उनका लागि चिहान पनि बनाएका रहेछन् । 

स्कटिस मिडियाहरुका अनुसार एलनकी पूर्वपत्नीले यसो गरेको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको २२ वर्षअघि डिभोर्स भएको थियो । आफ्नै चिहान देखेर आफू अचम्ममा परेको एलनले जनाएका छन् । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार ९:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया