एजेन्सी– बलिउडका सबैभन्दा व्यस्त कलाकार हुन्, अक्षय कुमार । उनीसँग फिल्महरु यति धेरै छन् कि उनले नयाँ नयाँ फिल्म साइन गरिरहेका समाचार पनि आइरहेका हुन्छन् ।
तर, अक्षयले जुन पायो त्यही फिल्मलाई एकैपटकमा चाहिँ हुन्छ भन्दैनन् । तर, एउटा फिल्मका लागि चाहिँ उनले १० मिनेटमा नै हुन्छ भनिदिए ।
यो फिल्म आनन्द एल रायको फिल्म हो । यसमा सारा अलि खान र धनुष पनि अक्षयसँगै काम गर्दै छन् । र, फिल्मको नाम हो– अतरंगी रे ।
बम्बे टाइम्सका अनुसार अक्षयले यो फिल्मलाई जम्मा १० मिनेटमा नै हुन्छ भनेका हुन् । उयसको कारण चाहिँ आनन्द एल रायको फिल्म कथालाई आफूले मन पराउने भएको अक्षयले बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।