जसले पिउनु हुँदैन ग्रिन टी !

एजेन्सी— भनिन्छ, ग्रिन टी निकै स्वस्थकर हुन्छ । त्यसैले आजभोलि ग्रिन टी पिउने प्रचलन निकै बढेको छ । तर, स्वस्थकर हुँदाहुँदै पनि ग्रिन टी कतिपयका लागि चाहिँ हानीकारक हुनसक्छ । त्यसैले केही व्यक्तिले चाहिँ ग्रिन टी पिउनै हुँदैन । त्यस्ता केही व्यक्ति जसले ग्रिन टी पिउनु हुँदैनः

रक्तचाप न्यून भएका व्यक्तिले खाली पेटमा ग्रिन टी पिउनु हुँदैन । तर, खाना खाएपछि कालो नुन थपेर दिनमा एक कपसम्म भने लिन सकिने चिकित्सकहरुले बताएका छन् । 

महिनावारी भएको तीन दिनसम्म ग्रिन टी खानु हुँदैन । 

गर्भावस्थाको पहिलो तीन महिना र डेलिभरी हुनुभन्दा दुई महिना पहिलेदेखि ग्रिन टीको प्रयोग गर्नु हँदैन । 

स्तनपान गर्ने र गराउनेले पनि ग्रिन टी पिउनुहुँदैन ।

किमो वा अन्य थेरापी लिएका बिरामीले ४२ दिनसम्म ग्रिन टीको सेवन गर्नु हुँदैन ।



हृदयसम्बन्धी रोगीले कुनै प्रकारको रासायनिक औषधिको सेवन गरी ग्रिन टी पिउनुहुँदैन ।

रगतलाई पातलो बनाउने औषधि सेवन गरेकाले पनि ग्रिन टी नपिउँदा राम्रो हुन्छ ।



 

कति पिउने ?

स्वस्थ मानिसले दिनको तीन कपसम्म ग्रिन टी पिउँदा हुन्छ । 
 

  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार ६:२५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया