भिडियो गेम विवादमा युवाले गरे साथीको गोली हानी हत्या

भिडियो गेमको लत युवाहरुमा नराम्रोसँग लागेको हुन्छ । केही वर्षयता नेपालमा पनि युवाहरु भिडियो गेमका निकै सौखिन भएका छन् । तर, यसले कहिलेकांही नराम्रो पनि हुनसक्छ । साथीसाथीबीच वा अर्को समूहबीच झगडाको सम्भावना पनि भिडियो गेमका कारण भएका केही उदाहरणहरु छन् । 

यस्तै, एउटा डरलाग्दो घटना आएको छ, भारतको तमिलनाडुमा । त्यहाँ भिडियो गेमसम्बन्धी विवाद भएपछि एक युवाले १८ वर्षका साथीलाई गोली हानेर हत्या गरेका छन् । उनले साथीको टाउकोमा नै गोली हानेकाले घटनास्थलमा नै तिनको मृत्यु भएको थियो ।

भारतीय मिडिया हिन्दुस्तान टाइम्समा आएको समाचारअनुसार यो घटनाको कारण मोबाइलमा खेलिइरहिएको भिडियो गेम थियो ।

प्रहरीका अनुसार गोली चलाउने युवा २३ वर्षका थिए । यो घटना हुनुभन्दा पहिले उनीहरु दुवै जना भिडियो गेम खेलिरहेका थिए । 





  • प्रकाशित मिति : फागुन १२, २०७६ साेमबार १:१२:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया